arrow

इजिप्टका राष्ट्रपतिद्वारा तीन दिने शोकको घोषणा 

प्यालेस्टाइनीहरुलाई आफ्नै भूमिबाट बिस्थापित गर्ने निर्णयको बिरोध

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २ बिहिबार
abdel-fattah-el-sisi.jpg

काठमाडौं । इजिप्टका राष्ट्रपति अब्देल फताह अल सीसीले प्यालेस्टाइनी जनतालाई इजिप्टको पूर्ण समर्थन रहेको बताएका छन् ।

प्यालेस्टाइनको समर्थन गर्दै उनले सिनाई प्रायदिव्पमा स्थानान्तरण गर्ने कुनैपनि प्रयास नगर्न चेतावनी दिए । 

उनले काइरो भ्रमणमा रहेका जर्मन चान्सलर ओलाफ स्कोल्जसँगको संयुक्त पत्रकार सम्मेलनमा सीसीले प्यालेस्टाइनीहरुलाई आफ्नै भूमिबाट बिस्थापित गर्ने निर्णयको बिरोध गर्ने बताए । 

सिनाइमा बिस्थापित हुनु भनेको इजिप्ट इजरेल बीचको दीर्घकालीन शान्तिलाई खतरामा पार्ने र इजिप्टको षेत्रमा इजरेल बिरुद्धको आक्रमण हस्तान्तरण गर्नु भएको बताए । 

सीसीले गाजापट्टीमा अस्पतालमा आक्रमण परी निधन भएका ५ सय जनाको शोकमा तीन दिने शोकको घोषणा समेत गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ