arrow

बीआरएफको बैठक अघि वाङ यीले भेटे सर्गेई लाभरोभलाई

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ३० मंगलबार
lavrov-wang-yi.jpg

काठमाडौं । चिनियाँ कुटनितिज्ञ वाङ यीले रुसी विदेशमन्त्री सर्गेई लाभरोभसँग सोमबार बेइजिङमा भेटवार्ता गरेका छन् । वाङ चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य समेत हुन्। 

 तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ) को बैठक बस्नुअघि उनहरूबीच भेटवाता भएको हो । बीआरआईको बैठक बेइजिङमा आजदेखि सुरु हुँदैछ । 

सो अवसरमा चीनको पहुँचलाई विश्वव्यापी विस्तार गर्न चिनियाँ राष्ट्रपति सी चिनफिङको प्रमुख परियोजनाका रूपमा रहेको बीआरआईका बारेमा वाङले विगतलाई भविष्यसँग जोड्ने यो वर्ष निकै महत्वपूर्ण रहेको बताए । 

बीआरआईका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको प्रशंसा र सहयोगका लागि चीनले सराहना गर्दै विदेशमन्त्री वाङले साझा विकास र समृद्धिलाई अगाडि बढाउने पहलमा सक्रियरूपमा भाग लिएकामा रुसको स्वागत गरे । 

रुसी विदेशमन्त्री लाभरोभले रुस र चीनले द्विपक्षीय सम्बन्धको विकासमा गति दिएको बताए । रुसले चीनसँग निकट रणनीतिक सञ्चार कायम गर्ने र व्यावहारिक सहयोगलाई गहिरो बनाउने अपेक्षा गरेको छ । 

लाभरोभका अनुसार राष्ट्रपति पुटिन चिनियाँ राष्ट्रपति सिसँग भेट्न र बीआरआई मञ्चमा भाग लिन अत्यन्त उत्सुक रहेको र बीआरआई आयोजनाको सफलताप्रति विश्वास व्यक्त गरेको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ