arrow

बुधबार नै विश्वासको मत लिँदै मुख्यमन्त्री कार्की

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २९ सोमबार
kedar-karki-province-1.jpg
तस्बिर – फाइल ।

विराटनग । कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले आगामी कात्तिक १ गते बुधबार विश्वासको मत लिने भएका छन् । संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नियुक्त मुख्यमन्त्री कार्कीले धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत लिन प्रदेश सभामा प्रस्ताव दर्ता गराएको प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए । 

मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था भए पनि कार्कीले मुख्यमन्त्रीमा नियुक्त भएको चौथो दिनमै विश्वासको मत लिन लागेका हुन् ।

कार्की असोज २७ गते शनिबार मुख्यमन्त्री पदमा नियुक्त भएका थिए । उनले असोज २८ गते आइतबार पद तथा गोपनीयताको शपथ लिएका थिए । 

राजनीतिक समीकरण बदलिएकाले पनि ढुक्कसँग काम गर्नका लागि उनले जतिसक्यो छिटो विश्वासको मत लिन लागेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ