इजरेलमा मृत्यु भएका १० नेपालीका परिवारलाई आर्थिक सहयोग
हाम्रा कुरा
प्रकाशित २०८० असोज २९ सोमबार
659
Shares
काठमाडौँ । प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तर्राष्ट्रिय कमिटीले इजरेलमा ज्यान गुमाएका १० जना नेपालीका परिवारलाई आर्थिक सहयोग गरेको छ । मञ्चले विद्रोही समूह हमासको आक्रमणमा परेर इजरेलमा ज्यान गुमाएका १० जना नेपाली विद्यार्थीका परिवारलाई १० हजार अमेरिकी डलर आर्थिक सहयोग गरेको हो ।
मञ्चका अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई मृतक परिवारका लागि सहयोग रकम हस्तान्तरण गरेका हुन्।
ओली निवास बालकोटमा आयोजित कार्यक्रममा अध्यक्ष थापाले एमाले अध्यक्ष ओलीलाई १० हजार अमेरिकी डलर बराबरको चेक हस्तान्तरण गरेका हुन् ।