arrow

पर्यटन विकास गरी अर्थतन्त्रमा जोड्न आवश्यक छ : सभामुख घिमिरे

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २८ आइतबार
Devraj Ghimire-dolakha.jpg

दोलखा । सभामुख देवराज घिमिरेले दोलखाको पर्यटकीय क्षेत्रको विकास गरी अहिलेको अर्थतन्त्रमा जोड्न आवश्यक रहेको बताएका छन् । 

सदरमुकामस्थित गौरीशङ्कर बहुमुखी क्याम्पसले तयार गरेको भीमेश्वर व्यवसाय सम्बर्द्धन केन्द्रको उद्घाटन गर्दै उनले राजधानी नजिकै रहेको हिमाली जिल्ला दोलखाले पर्यटनको प्रचुर सम्भावना बोकेकाले यसको विकास गरी अर्थतन्त्रमा जोड्नुपर्ने बताए ।

सभामुख घिमिरेले पर्यटनका माध्यमबाट देशको अर्थतन्त्रमा सुधार ल्याउन सकिने भन्दै यहाँका पर्यटकीय क्षेत्रको संरक्षण र प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए । 

उनले कार्यक्रममा विजया दशमी तथा शुुभदिपावलीको शुभकामना व्यक्त गरे ।

शनिबार यहाँ आएका घिमिरे जिल्लाका विभिन्न कार्यक्रममा सहभागिता जनाइरहेका छन् । 

कार्यक्रम क्याम्पसका सञ्चालक समितिका अध्यक्ष अमृत राउतको अध्यक्षतामा सम्पन्न भएको थियो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ