arrow

कोशी सरकारमा एमाले, मुख्यमन्त्री कार्कीले रानासहित दुईलाई मन्त्री बनाउँदै 

logo
विवेक मिश्र, 
प्रकाशित २०८० असोज २८ आइतबार
kedar-karki-congress-province1.jpeg.jpg
तस्बिर – फाइल ।

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले दिउँसो पद तथा गोपनीयताको शपथ लिँदैछन् । 

उनलाई हिजो प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री नियुक्त गरेका थिए । कार्कीलाई कांग्रेसका ८ तथा एमालेका ३९ सांसदले हस्ताक्षर सनाखत गरेर मुख्यमन्त्री बनाएका थिए । 

सोही आधारमा केन्द्रको गठबन्धनलाई बेवास्ता गर्दै मुख्यमन्त्री कार्कीले एमालेलाई सरकारमा सहभागी बनाउँदै छन् । 

केन्द्रमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र कांग्रेस नेता डा. शेखर कोइरालाबीच गठबन्धन नटुक्रयाउने सहमति भए पनि कोशीमा आफूलाई सघाएको एमालेलाई सरकारमा सहभागी गराउने कार्कीले बताएका छन् । 

केन्द्रमा सहमति गरे पनि कार्कीका पक्षमा सनाखत गर्न कांग्रेसकै बाँकी सांसदसमेत नगएकाले त्यो सहमतिको कुनै अर्थ नरहेको स्पष्टै हुन्छ । 

एमालेबाट इलामका सांसद राम रानालाई सरकारमा सहभागी गराउने गरी आजै शपथ गराउने योजना रहेको छ । 

एमालेले आफूलाई सरकारमा जान निर्णय गरेको रानाले बताएका छन् । 

त्यस्तै कांग्रेसबाट कार्कीले कांग्रेसबाट शमशेर राईलाई मन्त्री बनाउने तयारी छ । यद्यपि आठ जना कांग्रेसीहरु बसेर नाम टुंगो लगाउने पनि बताइएको छ । 

राना र राई दुवै इलामका हुन् । 

कांग्रेसका प्रतिनिधि सभा सदस्य डा. सुनील शर्माको पहलमा कोशीमा एमालेले कांग्रेसको विद्रोही पक्ष अर्थात् शेखर कोइराला पक्षलाई समर्थन गरेको हो ।  

केदार कार्की कोशीको मुख्यमन्त्री नियुक्त

कार्की मुख्यमन्त्री बनेपछि काठमाडौँ गएर शीर्ष नेताहरुलाई भेटेर फर्केका हुन् । शपथ लिएर पुनः काठमाडौँ जानेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ