arrow

मुख्यमन्त्री कार्की बालकोटमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २८ आइतबार
kedar-karki-kp-oli.jpg

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की नेकपा एमाले अध्यक्ष केपी शर्मासँग भेटघाट गर्न बालकोट पुगेका छन् ।  एमाले अध्यक्ष ओलीलाई भेटर उनले धन्यवाद दिएका हुन् । 

नेपाली कांग्रेसबाट विद्रोह गर्दै एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका कार्की आइतबार बिहान ओली  निवास बालकोट पुगेका हुन् ।  

आइतबार बिहान भक्तपुरको बालकोटस्थित निवासमै पुगेर उनले ओलीसित भेट गरका थिए । भेटमा राजनीतिक विश्लेषक पुरञ्जन आचार्य पनि सहभागी थिए । 

कार्कीले आचार्यलाई साथ लिएर गएका थिए । त्यस क्रममा कार्कीले सहयोगका लागि ओलीलाई धन्यवाद दिए । राम्रो काम गर्न ओलीले कार्कीलाई आग्रह गरेको आचार्यले जानकारी दिए ।

आचार्यले भने, ‘हामी जामका कारण ढिला गरी बालकोट पुग्यौँ । ओलीजीलाई निस्कन हतार भएकाले लामो कुराकानी भएन । केदारजीले सहयोगका लागि धन्यवाद दिनुभयो, ओलीजीले यो राजनीति हो राम्रो काम गर्नु भन्नुभयो ।’

सत्ता गठबन्धनको निर्णयलाई चुनौती दिँदै कांग्रेसका नेता डा. शेखर कोइरालापक्षीय आठ र एमालेका ३९ प्रदेश सभा सदस्यको समर्थनमा उनी मुख्यमन्त्री बनेका हुन् । 

मुख्यमन्त्री कार्कीले शनिबार नेता कोइरालासित भेटवार्ता गरेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि कार्कीले समय मागेका छन् । 

उनी यसपछि प्रधानमन्त्रीलाई भेटन जाने भएका छन् । नेकपा एमालेको सहयोगमा संविधानको धारा १६८ को उपधारा ५ अन्तर्गत कोशीको मुख्यमन्त्री नियुक्त कार्कीले आज पद तथा गोपनीयताको शपथ लिने तयारी गरेका छन् । 

कांग्रेसबाट विद्रोह गरेका कार्कीले नेकपा एमालेबाट एक र आफूलाई साथ दिएका एक जना कांग्रेस सांसदलाई आजै मन्त्री नियुक्ति गर्ने तयारी पनि गरेका छन् । 

तर एमालेले यो विषयमा केही बोलेको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ