arrow

केदार कार्की ४८ सांसदसहित प्रदेश प्रमुखको कार्यालयमा 

logo
विवेक मिश्र, 
प्रकाशित २०८० असोज २६ शुक्रबार
koshi-congress-uml-bidhroha-2080-06-26.jpg

मोरङ । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका सांसद केदार कार्कीलाई नियुक्त गर्न माग गर्दै ४८ सांसद प्रदेश प्रमुखको कार्यालय पुगेका छन् ।

नेकपा एमालेका ३९ र कांग्रेसबाट विद्रोह गरेका ९ जना प्रदेशसभा सदस्य सशरीर प्रदेश प्रमुखको कार्यालयमा उपस्थित भएका हुन् ।

प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्री चयन गर्दै गर्दा कार्कीसहितका बहुमत लिएर सांसदहरु प्रदेश प्रमुखको कार्यालयमा पुगेका हुन् । 

कार्कीको समर्थनमा हिजो ४७ सांसदले हस्ताक्षर गरेर प्रदेश प्रमुखलाई दाबी पेश गरेका थिए । 

तर कांग्रेसकै ती विद्रोह गरेका आठ सांसदसहितको हस्ताक्षरसहित कांग्रेसकै संस्थापन पक्षको बलमा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङ्बोले पनि दाबी पेश गरेका छन् । 

जसका कारण आज दिनभर कार्कीलाई दाबी फिर्ता लिन दबाब परेको छ । तर कुनै हालतमा फिर्ता नलिने उनले अडान राखेका छन् । कार्की कांग्रेसको संस्थापन इतरको पक्ष डा. शेखर कोइराला निकटका हुन् । 

कोइरालालाईसमेत प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले पनि दबाब दिएका छन् । 

संविधानको धारा १६८ को उपधारा ५ बमोजिम पार्टीको ह्वीप नलाग्ने भएसँगै कार्कीले दाबी फिर्ता नलिने अडान राखेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ