arrow

बेलबारी खानेपानीमा निर्वाचन प्रक्रिया रोचक बन्दै 

logo
विवेक मिश्र, 
प्रकाशित २०८० असोज २६ शुक्रबार
belbari-khanepani.jpg

मोरङ । मोरङको बेलबारी साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नयाँ नेतृत्व चयनका लागि शनिबार निर्वाचन हुँदैछ । खानेपानीको अध्यक्ष पदका लागि दुई जनाले उम्मेद्बारी दिएका छन् । अध्यक्ष पदमा नेपाली काङ्ग्रेसबाट किशोर कुमार कार्की र ४ दलिय गठबन्धनबाट दुर्गा प्रसाद गौतमले उम्मेद्वारी दिएका छन् । 

दुवै उम्मेद्वारहरुले आफ्नो चुनावी प्रतिबद्दतालाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरिसकेका छन । दुवै उम्मेद्वारहरुले घरदैलो अभियानमा भोट अपिल गर्दै हिँडिरहेका छन् । विद्युतीय माध्यम सामाजिक सञ्जाल मार्फत साथै प्रत्यक्ष रूपमा उपभोक्ताहरूसँगै भेटेर भोट माग्दै छन ।  

बिहीवार नेपाली काङ्ग्रेसको तर्फबाट अध्यक्ष पदमा उम्मेद्वार बनेका कार्कीले आफ्नो चुनावी प्रतिबद्दताहरु पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेका छन् । कार्कीले आफ्नो १७ बुदे प्रतिबद्दताहरु सार्वजनिक गरेका छन । कार्कीले सार्वजनिक गरेको प्रतिबद्दताहरुमा उपभोक्तालाई शुद्द पानी उपलब्ध गराउनेदेखि उपभोक्ताको निःशुल्क स्वास्थ्य बिमा गरिदिने जस्तो महोत्वाकांक्षी प्रतिबद्धताहरु रहेका छन् । 

कार्कीले सार्वजनिक गरेको प्रतिबद्धता बुदा नं १५ मा भनिएको छ – नियमित महसुल तिर्ने उपभोक्ताहरु मध्येबाट सामाजिक दायित्व भित्र रहेर हरेक वडाबाट प्रत्येक वर्ष ५ जना परिवारक निः शुल्क स्वास्थ्य बिमा गरिनेछ । 

त्यस्तै प्रतिबद्धता बुदा नं ६ मा भनिएको छ – बढ्दो शहरीकरणसँगै अत्यधिक पानीको मागलाई ध्यान दिँदै साथै उपभोक्ताको स्वास्थ्यलाई ख्याल राख्दै स्वास्थ्यकार पानी वितरणका निम्ति नयाँ प्रविधिबाट पानीको शुद्धता गरी शुद्ध पानी मात्र वितरण गरिनेछ । 

त्यस्तै कार्कीले खानेपानीमा हुने भ्रष्टाचारको अन्त्य गर्ने बताएका छन । उनले आफ्नो प्रतिबद्धतामा भ्रष्ट हुन्न्नौँ, भ्रष्टाचार सहन्नौँ यो नीति सबैमा पूर्ण रुपमा लागू गरिने बताएका छन । कांग्रेससबाट उम्मेद्वार बनेका कार्कीले आफ्नो समूहको जित सजिलै हासिल गर्न सक्ने दाबी गरेका छन् । 

निर्वाचनमा आफ्नो समूहले जित्नेमा ढुक्क रहेको बताउँदै बेलबारी खानेपानीमा आबद्ध रहेका उपभोक्ता दाजुभाइ दिदीबहिनी सबैले जिताएरै छाड्ने कार्कीले दाबी गरे । 

गौतम नेतृत्वका उम्मेदवारहरू भन्दा कार्की नेतृत्वका उम्मेदवारहरू युवा रहेका छन् । बेलबारी ३ निवासी कार्की असल युवा व्यवसायीको रूपमा परिचित छन् । सबैभन्दा बढी उपभोत्ता बेलाबारी नगरपालिका वडा नं ३ मा रहेका छन् । 

कार्कीसमेत बेलबारी ३ मै हुर्किएका कारण र उनी प्रतिस्पर्धी उम्मेद्वार गौतम भन्दा बलियो उम्मेद्वार रहेका छन् । कार्कीका अनुसार आफू घरदैलो कार्यक्रममा मत माग्दै जाँदासमेत मतदातामा उत्साह छाएको छ । मत माग्न जाने क्रममा आफ्नो पक्षमा माहोल बनेको कार्कीले बताएका छन् ।  

कार्की नेतृत्वको उपाध्यक्षमा प्रगति मोक्तान, सचिवमा सपना काफ्ले, कोषाध्यक्षमा रिक्त बहादुर गुरुङ, सदस्यमा चन्द्रजंग बस्नेत, पुष्कल सुवेदी, राजेश शाह, जानुका विश्वकर्मा, विष्णु दाहाल, लेखा समिति संयोजकमा दीपेन्द्र लामिछाने, नेत्र कुमारी ढकाल र जीवन बस्नेत उम्मेदवार रहेका छन् ।

कार्कीका प्रतिस्पर्धी रहेका गठबन्धका उम्मेद्वार गौतमा यसअघि बेलबारी खानेपानीको सस्थापक कोषाध्यक्ष र सचिव भइसकेका हुन् । उनको कार्यकालमा खानेपानीको विकासका लागि कुनै पनि दीर्घकालीन कार्यहरु नभएको उपभोक्ताले बताएका छन् । 

उनले आफ्नो दुई कार्यकालमा खानेपानीको उत्थानका निम्ति केही काम नगरेको कारण पनि उपभोक्ताहरु गौतम समूहका गठबन्धनसँग असन्तुष्ट रहेका छन् । गौतमासँग उपभोक्ता असन्तुष्ट हुनु र बेलबारीमा कांग्रेस एक ढिक्का हुनुले पनि कार्की समूहको जित निश्चित बनेको छ । 

यता कोशी प्रदेशको नामाकरण खारेजीको माग गर्ने असन्टुष्ट पक्ष भने माओवादी र जसपासँग असन्तुष्ट रहेको छ ।  पहिचान विरोधी एमालेसँग गठबन्धन गरेको भन्दै उक्त असन्तुष्ट पक्ष माओवादी र जसपासँग असन्तुष्ट रहेको हो । जसका कारण पनि कार्की समूहको पल्ला भारी हुँदै गएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ