arrow

बझाङमा फेरि भूकम्पको धक्का 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २५ बिहिबार
earthquake-final.jpeg

काठमाडौँ । बझाङमा फेरि भूकम्प गएको छ । भूकम्पको धक्का गएराति १२ बजेर २२ मिनेटमा गएको हो । फेरि पनि धक्का बझाङ केन्द्रबिन्दु बनाएर गएको हो । 

५.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । यसलाई पराकम्पन भनिएको छ । 

असोज १६ गते बझाङ केन्द्र बनाएर ६.३ रेक्टर स्केलको भूकम्प गएदेखि २० गतेसम्म लगातार ४ रेक्टर स्केलमाथिमा एक दर्जन पराकम्पन आएका थिए । 

उक्त भूकम्पले घर भत्काउँदा एक जनाको ज्यान गएको थियो भने दर्जन बढी घाइते भएका थिए । सयौँ घर भत्केका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ