arrow

दुई सय ७६ स्वास्थ्यकर्मी हटाइए

स्वास्थ्य मन्त्रीले भने- तलब दिन नसकेपछि वीरका कर्मचारी हटायौँ [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २३ मंगलबार
mohan-basnet-2080-10-23.jpg

काठमाडौं । वीर अस्पतालमा कार्यरत २ सय ७६ जना कर्मचारी हटाएका स्वास्थ्य मन्त्रीले त्यसको कारण खुलाएका छन् । मङ्गलवार काठमाडौँमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालमा कार्यरत करारमा कार्यरत कर्मचारीलाई तलब खुवाउन नसकेपछि हटाइएको बताएका छन् । 

 स्वास्थ्य मन्त्री बस्नेतले कोभिड–१९ को बेला कोभिड प्रयोजनमा नियुक्त गरिएका कर्मचारीहरूलाई तलब दिन नसकेपछि निकाल्न बाध्य भएको सुनाए ।  

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वीर अस्पतालमा कार्यरत २ सय ७६ जना करारका कर्मचारीलाई स्वास्थ्य मन्त्री बस्नेतको निर्देशन अनुसार एकै पटक सेवाबाट हटाएको थियो । 

वीरले सबैभन्दा बढी  बिरामीको उपचार गर्दै आएकामा यसरी स्वास्थ्यकर्मी हटाइएपछि भने सेवामा पनि कमी आएको छ । 

सञ्चालनमा रहेका ५९ बेड आईसीयूमध्ये सोमबारदेखि नै २३ बेड बन्द भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ