arrow

शिक्षक महासङ्घसँगको सहमति सदनमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २१ आइतबार
ashok-rai-2080-06-21.jpg
तस्बिर-फाइल

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले यही असोज ५ गते र असोज १० गते नेपाल शिक्षक महासङ्घ र राहत शिक्षक केन्द्रीय समितिसँग भएका सहमति प्रतिनिधिसभाको बैठकलाई जानकारी गराएका छन् ।

सभामुख देवराज घिमिरेको निर्देशनमा प्रतिनिधिसभाको आजको बैठकमा विद्यालय शिक्षा विधेयकमाथिका सामान्य छलफलमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा मन्त्री राईले सो सहमतिबारे जानकारी गराएका हुन् । 

उनले सहमति बमोजिम शिक्षकहरुको मर्यादाक्रम कायम गर्न शिक्षा मन्त्रालयले गृह मन्त्रालयलाई पत्राचार गरिसकेको जानकारी दिए । 

मन्त्री राईले सहमतिका कतिपय बुँदा सरकारले आफै निर्णय गरेर समाधान गर्न सक्ने र कतिपय विषय विधेयक पारित भएपछि नियमावली बनाएर सम्बोधन गर्न सकिने स्पष्ट गरे ।

तर यो विधेयकमा विद्यार्थीको शिक्षाको बारेमा चर्चा नभएको आरोप छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ