विद्यालय शिक्षा विधेयकमाथि सैद्धान्तिक छलफल [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८० असोज १९ शुक्रबार
1.3k
Shares
काठमाडौँ । संसदमा विद्यालय शिक्षा विधेयक, २०८० माथि सैद्धान्तिक छलफल सुरु भएको छ । प्रतिनिधि सभाको आजको बैठकमा उक्त विधेयकमाथि सैद्धान्तिक छलफल सुरु भएको हो ।
यसअघि शुक्रबारकै बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले विद्यालय शिक्षा विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।
उक्त प्रस्ताव प्रस्तुत भएसँगै विधेयकमाथि सैद्धान्तिक छलफल सुरु गरिएको हो ।