arrow

अशान्त बनेको सद्भावको शहर नेपालगञ्ज शान्त बन्दै, कर्फ्यु कायमै

logo
सौरभ गिरी, 
प्रकाशित २०८० असोज १७ बुधबार
nepaljung-road-peace-2080-06-17.jpg

नेपालगञ्ज । अशान्त बनेको सद्भावको शहर नेपालगञ्ज आज बिहानदेखि शान्त र सामान्य बन्दै गइरहेको छ । हिन्दू र मुस्लिम  समुदायबीच भएको विवादले हिजो दिउँसोदेखि अशान्त रहेको नेपालगञ्ज शान्त र सामान्य बन्दै गएको हो । 

नेपालगञ्ज सामान्य अवस्थातर्फ उन्मुख भए पनि तत्काल कर्फ्यु  भने हट्ने अवस्था नरहेको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । 

बाँकेमा प्रमुख  प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले अहिले अवस्था सामान्य बन्दै गए पनि तत्काल कर्फ्यु  हट्ने अवस्था नरहेको बताए । नेपालगञ्जमा मंगलबार दिउँसो १ बजेदेखि अनिश्चितकालीन कर्फ्यु लगाइएको छ ।

दुई समुदायबीच बढेको तनावले उग्ररुप लिने अवस्था देखिएपछि कर्फ्यु आदेश जारी गरिएको हो ।

 सामाजिक सञ्जालमा मुस्लिम समुदायलाई लक्षित गरी लेखिएको स्टाटसको विषयलाई लिएर मुस्लिम समुदायले असोज १४ गते गरेको विरोध प्रदर्शनका कारण उत्पन्न परिस्थिति एवम् मंगलबार ओमकार परिवार हिन्दू समाजले निकालेको र्यालीका क्रममा विवाद उत्पन्न भई नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा भएको सार्वजनिक सम्पत्ति तोडफोड, ढुंगामुढा प्रहार, उच्छृंखल गतिविधि लगायतका विरोध प्रदर्शनका कारण सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवम् शान्ति भंग हुने स्थिति देखिएकाले कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ