arrow

पैसा लुट्न बुहारीको हत्या, जेठाजुसहित तीन पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १७ बुधबार
nepal-police12.jpg

वीरगञ्ज। पर्साको जगरनाथपुर गाउँपालिका–५ मसिहानीकी कान्तिदेवी बिनको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा कान्तिदेवीका जेठाजुद्वय ५९ वर्षीय चन्द्रिका राउत बिन, ५७ वर्षीय अमिरिका राउत बिन र स्थानीय लालबाबु राउत बिन रहेका छन् । पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । 

कान्तिदेवीसँग रहेको रकम लुट्ने उद्देश्यले तीनै जना मिलेर धारिलो हतियार प्रयोग गरेर उनको हत्या गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरी नायब उपरीक्षक कोमल शाहले जानकारी दिए । कान्तिदेवीका श्रीमान्को १० वर्षअघि नै मृत्यु भइसकेको छ । उनको एक्ला छोरा अर्जुन वैदेशिक रोजगारको सिलसिलामा हाल मलेसियामा छन् । 

आमाको मृत्युपछि घर फर्किएका अर्जुनले यही असोज ७ गते किटानी जाहेरी दिएपछि सोही दिन प्रहरीले लालबाबुलाई पक्राउ गरेको थियो । लालबाबु पक्राउ परेपछि उनले दिएको बयानको आधारमा प्रहरीले चन्द्रिका र अमिरिकालाई यही असोज १४ गते पक्राउ गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ