arrow

'हिन्दु समाजको शान्तिपूर्ण र्‍यालीमा गरिएको आक्रमण दुर्भाग्यपूर्ण'

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १६ मंगलबार
bake-curfew-2080-06-16a.jpg

काठमाडौँ। नेपालगन्जमा ओमकार परिवारले आयोजना गरेको शान्तिपूर्ण र्‍यालीमा गरिएको आक्रमणप्रति राष्ट्रिय एकता अभियानको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

अभियानका संयोजक विनय यादवले मङ्गलवार एक विज्ञप्ति जारी गरी भनेका छन्, ‘यो घटनालाई हामी लाजमर्दो, दुर्भाग्यपूर्ण र घृणित मान्दछौँ । यो हाम्रो लोकतान्त्रिक मूल्यमान्यता र सामाजिक एकतामाथिको ठाडो प्रहार हो।’

यस घटनाको गहिरो अनुसन्धान गरी दोषीलाई कडाभन्दा कडा कारबाही गर्न नेपाल सरकारलाई अभियानले अनुरोध गरेको छ।

‘यस घटनामा संलग्न सबै दोषीलाई छिटोभन्दा छिटो कारबाही गरी नेपालको एकता र अखण्डताको रक्षा गर्नु सरकारको दायित्व हो। सरकारले आफ्नो दायित्व अविलम्ब पूरा गर्नुपर्दछ,’ संयोजक यादवले विज्ञप्तिमा भनेका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘हामी यस सङ्घर्षमा ओमकार परिवारका सबै सदस्यहरूका साथमा छौँ। साथै सामाजिक एकता, सहकारिता र शान्तिको मूल्य कायम राख्न सबै नागरिकलाई एकजुट भएर काम गर्न अपिल गर्दछौँ। त्यस्तै, हामी विरुद्ध उद्घोष गरिएको जिहादलाई सामना गर्न सजग रहन सामूहिक चेतनाको दिशामा पाइला अघि बढाउनु पनि सबैमा अनुरोध गर्दछौँ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ