arrow

कार्यसम्पादन मूल्याङ्कन : स्वास्थ्य कार्यालय कास्की उत्कृष्ट

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १६ मंगलबार
health-checkup-mani-mukunda.jpg

कास्की।  जिल्ला स्वास्थ्य कार्यालय कास्की गण्डकी प्रदेशको स्वास्थ्य कार्यालयहरूको मूल्याङ्कनमा प्रदेशकै उत्कृष्ट भएको छ ।  कार्यालयद्वारा विगत एक वर्षमा सम्पादित स्वास्थ्य कार्यक्रमको विभिन्न सूचकहरूका अनुसार प्रदेश सरकारको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको कार्यसम्पादन मूल्याङ्कनमा  कास्की पहिलो बनेको हो ।

गत आर्थिक वर्ष २०७९-८० मा सम्पादित स्वास्थ्य कार्यक्रमको प्रदेशस्तरीय दुईदिने समीक्षा कार्यक्रमको सोमबार समापन समारोहमा उत्कृष्ट जिल्लास्थित स्वास्थ्य कार्यालय, अस्पताल र स्थानीय तहलाई घोषणा गरी सम्मान गरिएको हो ।

प्रदेशका ११ वटा जिल्लास्थित स्वास्थ्य कार्यालयको कार्यसम्पादनमा पहिलो बनेको कास्कीलाई सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिंखडा, मन्त्रालयका सचिव डा विनोदविन्दु शर्मालागयतले पुरस्कृत गरे । त्यसैगरी स्वास्थ्य कार्यालय लमजुङ द्वितीय र स्वास्थ्य कार्यालय पर्वत तृतीय बनेका छन् ।

यसैगरी अस्पतालमा गोरखा जिल्ला अस्पताल कार्यसम्पादन मूल्याङ्कनमा पहिलो हुन सफल भएको छ । त्यसैगरी मध्यविन्दु अस्पताल नवलपरासी द्वितीय र धवलागिरि अस्पताल बागलुङ तृतीय भएका थिए । मन्त्रालयले स्थानीय पालिकाको समेत मूल्याङ्कनमा गोरखा नगरपालिका उत्कृष्ट बन्न सफल भयो । त्यसैगरी म्याग्दीको बेनी नगरपालिका द्वितीय र लमजुङको मध्य नेपाल नगरपालिका तृतीय बनेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ