arrow

सरकारले अपरिपक्व ढङ्गले ल्याएको शिक्षा विधेयक सच्याउनुपर्छ: चन्द्र भण्डारी

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १० बुधबार
chandra-bhandari3.jpg

 काठमाडौं ।  नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले सरकारले संसद्मा पेश गरेको शिक्षासम्बन्धी विधेयक सच्याउन आफूहरू लागि परेको बताएका छन्।  सांसद भण्डारीले सरकारले शिक्षा क्षेत्र नै नबुझीकन हतारमा सो विधेयक ल्याएकाले त्यसलाई सच्याउने काममा लाग्नुपरेको जिकिर समेत गरे ।

 बुधवार नयाँ बानेश्वरस्थित सङ्घीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले आन्दोलनरत पक्षको माग सम्बोधन हुने गरी सो विधेयक पारित हुने समेत बताए । उनले चिकित्सकहरूमाथि हातपात हुनु अत्यन्तै दुखद भएको उल्लेख गर्दै त्यस्ता घटना हुन नदिनका लागि कडा कानून बनाउनुपर्ने बताए । 

उनले शिक्षा क्षेत्रको समस्या समाधानका लागि नयाँ पुस्तालाई सो सेवामा प्रवेश गराउनुको विकल्प नरहेको तर्क समेत गर्नुभयो । पुराना पुस्तालाई अपडेट गर्ने र नयाँलाई प्रवेश गराएर मात्रै मुलुकको शिक्षा क्षेत्रमा देखिएको समस्या समाधान गर्न सकिने सांसद भण्डारीको भनाई थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ