arrow

अर्थतन्त्र खस्कनुको मुख्य कारण नै प्लस टु सकेर विद्यार्थी विदेश जानु

logo
नेत्र डाँगी,
प्रकाशित २०८० असोज १० बुधबार
student-degree.jpeg

कोहलपुर । नेपालमा आर्थिक मन्दी भइरहेको छ । यो मन्दी हुनुको मुख्य कारण प्लस टु सकेर विद्यार्थीहरूलाई जापान, अस्ट्रेलिया जस्ता ठाउँमा पढ्न सरकारले दिइरहेको अनुमतिको कारण अर्थतन्त्र खस्किएको हो । जस्तै एउटा व्यक्तिले १२ देखि १५ लाख खर्च गरेर जापान त्यो भन्दा बढी ५० औँ लाख खर्च गरेर अमेरिका, यूके, क्यानडा जस्ता मुलुकहरू पढ्न पठाउँछ । 

हामीले यत्रो रकम जम्मा गरेर अरू देशमा पढ्नलाई पठाउने प्रचलनले गर्दा हाम्रो देशको अर्थतन्त्र अहिले खस्किएको हो । हाम्रो देशमा पनि जापान, अस्ट्रेलियामा जस्तै राम्रा विश्वविद्यालय भएको भए वा जनशक्ति उत्पादन गर्ने कलेजहरू भएको भए विद्यार्थीहरू त्यहाँ जानु पर्ने थिएन । 

अहिले मासिक एउटा जिल्लाबाट कम्तीमा १० देखि १५ हजारको हाराहारीमा विद्यार्थीहरू बाहिर अध्ययनका लागि जाने गरेका छन् । त्यो पनि प्लस टु सकेर, स्नातक र स्नातकोत्तर जानेका लागि थियो भने ठिकै थियो । तर यो १२ सकिने बित्तिकै जाने क्रमले गर्दा नेपालका क्याम्पस पुरै रित्तिने अवस्थामा पुगेका छन् । 

सरकारले त्यसलाई चासो पनि दिएन । चासो नदिँदा खेरि अर्थतन्त्र खस्कियो । १२ लाख लगानी गरेको विद्यार्थी त्यतै सेटल हुन खोज्छ । उसको परिवार फेरि लान खोज्छ । फेरि १२ लाख खर्च पढ्नको लागि रिसिभ गर्ने भयो । त्यही भएर अहिले न बैकहरूमा पैसा छ । न सहकारीहरूमा पैसा छ ।नेपाल राष्ट्र बैकमै पैसा रित्तिने बेला भैसकेको छ । 

कर्मचारीलाई तलब खुवाउन नसक्ने अवस्था आइसक्यो भने यो विद्यार्थीहरूलाई कम से कम स्नातक पछाडि वा विशेष कोटामा पढ्नको लागि पठाउनुपर्ने हो । कन्सल्टेन्सी खोल्ने र तीव्र गतिमा विद्यार्थी पठाउने कार्य धमाधम भइरहेको छ । यो हिसाबले अबको तीन वर्षमा नेपालमा १२ कक्षा पछाडि पढ्ने विद्यार्थी भेटिनेछैनन् । 

अर्थतन्त्र पनि त्यसरी नै खस्किएको छ । व्यापार व्यवसायमा फाइदा हुने अवस्था छैन । कस्मेटिक, फेन्सी होटेल लगायतका धेरै व्यवसाय अहिले धराशायी भएका छन् । शहरमा दिनमा १०-१५ वटा पसलहरू खाली हुने अवस्था भएको छ । 

यी सबैको समस्याबाट देशलाई उकास्न विदेश पढ्न पठाउने  विद्यार्थीको सङ्ख्या कम गर्नु नै हो । श्रमका लागि वर्किङ भिसामा गए त्यसबाट देशमा रेमिटेन्स भित्रन्छ । त्यसले आर्थिक वृद्धि हुन्छ । तर पढ्न जानेहरू न फर्किन्छन् देशमा उनीहरूले नेपालको अर्थतन्त्रमा सहयोग गर्दैनन् । त्यही भएर पढ्न जाने विद्यार्थीहरूलाई सरकारले रोक्न पर्छ । 

राम्रो कलेजको व्यवस्थापन नेपालमै गर्नुपर्छ । प्राविधिक शिक्षामा जोड दिनुपर्छ र रोजगारीको अवस्था नेपालमै सृजना गर्नुपर्छ । यस विषयमा अध्ययन अनुसन्धान गरि सरकारले तीव्र गतिमा काम थाल्नुपर्छ । नत्र देश युवाविहीन र अर्थविहीन  हुनेछ । 
 
(डाँगी हाम्रा कुराका नियमित पाठक हुन् । उनी आफ्नो कुरा फोनमार्फत राखेका हुन् ) 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ