arrow

उद्धव थापाले भने- शीर्ष तहले चाहे कोशीमा मध्यावधि हुनबाट रोकिन्छ  

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ४ बिहिबार
uddhav-thapa.JPG

काठमाडौं । नेपाली कांग्रेस कोशी प्रदेशका संसदीय दलका नेता उद्धव थापाले शीर्ष नेतृत्वबाट मात्रै कोशी प्रदेशमा मध्यावधिमा जानबाट रोक्न सकिने बताएका छन् ।

बिहीबारबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा शुरु भएको केन्द्रीय कार्यसमितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले कोशी सरकार गठन समस्याको रूपमा रहेको बताए ।

उनले शीर्ष तहबाट कोशी प्रदेशको समस्या समाधान गरी राजनीतिक स्थिरता दिनुपर्ने बताए । उनले कोशी प्रदेशमा राजनीतिक अस्थिरताका कारण विकास निर्माण ठप्प भएको बताए । उनले कांग्रेसले मध्यावधिमा जान नचाहेको भन्दै मध्यावधिमा गएर मात्रै समस्या समाधान हुने नभएको स्पष्ट पारे ।  

उनले भने, ‘कोशी सरकार गठन समस्याको रूपमा छ । कुनै दलबाट सम्बोधन गर्ने वातावरण छैन, कोशी प्रदेशको समस्या समाधान गरी राजनीतिक स्थिरता हुनुपर्छ । भएन भने कोशी प्रदेश समग्र समस्यामा जाँदै छ । विकास निर्माण ठप्प छन् । केन्द्रीय नेताको सहमति र निर्णयबाट विशेष ढङ्गले सोच्नुपर्छ । हामीले चाह्यौँ भने मध्यावधिमा जान र मध्यावधिबाट रोक्न पनि सक्छौँ तर हामीले अहिले चाहेको मध्यावधि होइन । त्यहाँको समस्या समाधान मध्यावधिमा गएर हुने होइन ।’

कांग्रेस नेता थापाले प्रदेशलाई अधिकार सम्पन्न नबनाए सङ्घीयता कमजोर हुने बताए । उनले प्रदेश कमजोर हुँदा सङ्घीयता कार्यान्वयनमा समस्या आउने बताए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ