चिप प्रत्यारोपण गर्न मस्कलाई अनुमति, मानिसको खोजी शुरु
हाम्रा कुरा
प्रकाशित २०८० असोज ४ बिहिबार
2.3k
Shares
काठमाडौं । विश्वकै धनी एलन मस्कको कम्पनी न्युरालिंकले मानिसको मस्तिष्कमा चिप प्रत्यारोपण गर्नका लागि अनुमति पाएको छ ।
न्युरालिंकले यसअघि बाँदरको मस्तिष्कमा चिप प्रत्यारोपण गरेर परीक्षण गरेपछि मानिसमा पनि प्रयोगका लागि अनुमति पाएको हो ।
न्युरालिंकले मस्तिष्कमा चिप जडान गर्नका लागि मानिसको खोजी शुरु गरेको छ । एउटा विशेष भर्ना प्रक्रियाबाट त्यस्तो व्यक्तिको छनोट गरिने न्युरालिंकले जनाएको छ ।
यसअघि न्यूरालिंकमा चिप जडान भएको बाँदरले कम्प्युटर गेम खेलेको देखाइएको थियो ।