arrow

वीपी साहित्य महोत्सवको अन्तिम दिनको कार्यक्रम असोज ३ गते 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १ सोमबार
bp-sahaitya-mahotsav-2080.jpg

काठमाडौँ । संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि सरेको नेपाली कांग्रेसको वीपी साहित्य महोत्सवको अन्तिम दिनको कार्यक्रम संविधान दिवसको दिन हुने भएको छ । 

वीपी साहित्य महोत्सव भदौ २४ र २५ गते दुई दिनसम्पन्न भएपछि नेम्वाङको आकस्मिक निधनका कारण स्थगन भएको थियो । 

स्थगित भएको तेस्रो र अन्तिम दिन (भदौ २६ गते) को कार्यक्रम संविधान दिवसको अवसरमा असोज ३ गते विहान १०ः३० बजेदेखि साँझ ५ः०० बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा आयोजना हुने कांग्रेसले बताएको छ । 

यस्ता छन् अन्तिम दिनका कार्यक्रम–
१.     वीपीको समाजवादी परिकल्पनामा शिक्षा 
२.     समावेशिता, सामाजिक रुपान्तरण र वीपी
३.     समय र सबाल्र्टन 
४.     वीपीका आख्यानमा नारी
५.     परिवारले बुझेका वीपी 
६.    वीपीको विचार, आजको संविधान र अबको बाटो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ