arrow

एसिया कपको फाइनलमा श्रीलंकाको लज्जास्पद प्रदर्शन, चम्किए सिराज

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ३१ आइतबार
asia-cup-2023-09-11m.jpg

काठमाडौँ । एसिया कप क्रिकेटको फाइनलमा आयोजक श्रीलंकाले लज्जास्पद प्रदर्शन गरेको छ । घरेलु मैदान कोलम्बोमा भएको खेलमा भारतविरुद्ध श्रीलंकाले लज्जास्पद प्रदर्शन गरेको हो । 

आर प्रेमदासा क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंका ५० रनमै अलआउट भएको छ । कुशल मेन्डिसले १७ र दुशान हेमन्थाले अविजित १३ रन बनाएको इनिङमा अन्य कुनै पनि खेलाडीले दोहोरो स्कोर खडा गर्न सकेनन् । 

१५.२ ओभरमात्र क्रिजमा टिकेको श्रीलंकाका पाँच खेलाडीले रनको खातासमेत खोल्न सकेनन् । 

भारतका लागि मोहम्मद सिराजले ७ ओभरमा १ मेडन राख्दै २१ रन खर्चेर ६ विकेट लिए । 

तीव्र गतिका बलरलाई फाइदा नहुने पिच भनेर क्रिकेट पंडितहरुले ब्याख्या गरेको भए पनि त्यस विपरीत भारतीय तीव्र गतिका बलरहरुले कमालको बलिङ गरे । 

भारतलाई खुशीको झोली
यो खेलबाट भारतले पाँच वर्षको उपाधि खडेरी चिर्ने पक्का भएको छ । साविक विजेता श्रीलंका भने उपाधि रक्षा गर्न असफल भएको छ । 

दुवै टिम आठौँ पटक एसिया कपको उपाधिका लागि फाइनलमा भिडेका हुन् । 

यसअघि भएका सात आपसी भिडन्तमा भारतले ४ तथा श्रीलंकाले ३ पटक उपाधि जितेको थियो । 

हेड टु हेड 
यसअघि भारत र श्रीलंकाबीच अहिलेसम्म १६६ एक दिवसीय खेल भइसकेको छ । 

जसमा भारतले ९७ तथा श्रीलंकाले ५७ खेल जितेको छ । ११ खेल भने नतिजाविहीन भएको थियो । एक खेल बराबरी (टाइ) मा सकिएको थियो ।  
एसिया कपमा यी दुईबीच २० खेल भएकामा दुवै टिमले १०–१० खेल जितेका छन् । 

सुपर फोरमा ४–४ अंकसहित भारत र श्रीलंकाले फाइनल खेलेका हुन् । बंगलादेश र पाकिस्तानले समान २–२ अंक बटुले । 

पहिलो पटक एसिया कप खेलेको नेपाल र बंगलादेश भने समूह चरणबाटै बाहिरिएका थिए । 

नेपालले पहिलो खेलमा पाकिस्तानसँग २३८ रनको तथा भारतसँग १० विकेटको हार बेहोरेको थियो । पाकिस्तानसँग आधा समय बढी बलिङमा लिएको नियन्त्रण र भारतविरुद्ध बनाएको २३० रन नेपालका लागि प्रशंसायोग्य थियो । 

अहिलेसम्म भएका १५ संस्करणमा भारतले सात पटक उपाधि जितेको छ । भारत ३ पटक उपविजेता भएको छ । 

श्रीलंका ६ पटक विजेता तथा ६ पटक उपविजेता भएको छ । पाकिस्तानले २ पटक उपाधि जितेको छ । ३ पटक उपविजेता भएको छ । 

यसपटक फाइनलमा पुगेसँगै भारत ११ पटक फाइनलमा पुगेको छ भने श्रीलंका १३ औँ पटक फाइनलमा पुगेको छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ