arrow

चिकित्सकमाथि कुटपिट घटना

देशभरका आकस्मिक बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ३१ आइतबार
nepal-medical-association.jpg

काठमाडौँ। चिकित्सकमाथि कुटपिट भएको घटनालाई लिएर नेपाल चिकित्सक सङ्घले देशभरका आकस्मिकबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने भएको छ । आज देशभरका सम्पूर्ण सरकारी स्वास्थ्य संस्था, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकमा आकस्मिकबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने सङ्घले घोषणा गरेको हो ।

सङ्घले दोषीलाई कारबाही गर्न नेपाल माग गरेको छ ।  यही भदौ २७ गते सन्चो अस्पताल हेटौँडाका दुई जना  डाक्टरमाथि  कुटपिट भएको भएको थियो । डाक्टरमाथि भएको साङ्घातिक आक्रमणमा संलग्न दोषीहरू अविलम्ब पत्ता लगाई फौजदारी अभियोग तथा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७९ अनुसार कानुनी कारबाहीको सुनिश्चितता हुनुपर्ने मागसहित चिकित्सकहरू आन्दोलन गरिरहेका छन् ।

 बिरामीको उपचार गरिरहेको अवस्थामा चिकित्सकमाथि साङ्घातिक आक्रमण भएकामा हालसम्म दोषीलाई कारबाही हुन नसक्दा समग्र स्वास्थ्य क्षेत्रमा त्रासको अवस्था सिर्जना भएको सङ्घको भनाइ छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ