arrow

बिहीबार शेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २७ बुधबार
nepse-stock-share-up-bull-market.jpg

काठमाडौँ । संविधान सभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टि बिहीबार गरिने भएको छ । मंगलबार बसेको एमाले सचिवालय बैठकले यो निर्णय गरेको हो । 

सरकारले नेम्वाङलाई राजकीय सम्मान दिने निर्णय गर्दै अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

तसर्थ बिहीबार सरकारी कार्यालय लगायत शेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् । 

नेम्वाङले संविधान निर्माणका क्रममा पुर्याएको योगदानको कदर गर्दै सरकारले उनको अन्त्येष्टिमा राजकीय सम्मान प्रदान गर्ने निर्णय गरेको हो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ