arrow

एसिया कप क्रिकेटः भारत फाइनलमा, उपाधि भिडन्त पाकिस्तान वा श्रीलंकासँग

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २७ बुधबार
asia-cup-india-srilanka-2023-09-12.jpg

काठमाडौँ । भारत एसिया कप क्रिकेटको फाइनलमा पुगेको छ । सुपर फोरका लगातार दुई खेल जित्दै भारत एक खेलअघि नै फाइनलमा पुगेको हो । 

पहिलो खेलमा पाकिस्तानमाथि शानदार जित हासिल गरेको पाकिस्तानले दोस्रो खेलमा गएराति श्रीलंकामाथि ४१ रनको जितसहित बंगलादेशसँग खेल्नुअघि नै फाइनलमा पुगेको हो । 

कोलम्बोमा भएको खेलमा भारले पहिले ब्याटिङ गर्दै पाँच बल खेल्न बाँकी छँदै अलाउट हुँदै २१३ रनमात्र बनायो । पहिलो विकेटका लागि ८० रनको साझेदारी भए पनि त्यसपछि राम्रो साझेदारी नभएपछि भारत कम योगफलमै समेटिएको हो । 

कप्तान रोहित शर्माले ४८ बलमा ५३ रन बनाए बाहेक कुनै पनि ब्याटरले अर्धशतक बनाउन सकेनन् । 

भारतको इनिङ्सलाई सस्तैमा समेट्न हावी हुने क्रममा स्पिनरहरुको भूमिका अहम् रह्यो । दुनिथ वेलालागेले ४० रन खर्चेर ५ विकेट लिए भने चरिथ असलंकाले १८ रन खर्चेर ४ विकेट लिए । 

जवाफमा श्रीलंकाले ४१.३ ओभरमा अलआउट हुँदै १७२ रनमात्र बनाउन सक्यो । अलराउन्डर प्रदर्शन गर्ने क्रममा वेलालागेले ४६ बलमा अविजित रहँदै ४२ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । 

भारतका लागि कुलदीप यादवले ४ तथा जसप्रित बुमराह र रविन्द्र जडेजाले २–२ विकेट लिए । 

यो जितले भारत फाइनलमा पुग्दा हारले भने श्रीलंकालाई समस्या परेको छ । अब पाकिस्तानविरुद्धको खेल जितेमात्र श्रीलंका फाइनलमा पुग्नेछ । 

यो खेलमा जो जित्छ उही टिम फाइनलमा पुग्नेछ । श्रीलंका र पाकिस्तानको समान २ अंक छ भने पुछारको बंगलादेश अंकविहीन हुँदै बाहिरिइसकेको छ । 

पहिलो पटक एसिया कप खेलेको नेपाल र अफगानिस्तान भने समूह चरणबाटै बाहिरिएका थिए । 

नेपाल भारतसँग १० विकेटले र पाकिस्तानसँग २३८ रनले पराजित भएको हो । नेपाली टिमको निकै नै प्रशंसा भएको थियो । 

भारतविरुद्ध नेपालले २३० रन बनाएको थियो । साथै पाकिस्तानले नेपाली बलर सामु ब्याटिङ गर्न निकै संघर्ष गर्नुपरेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ