arrow

वर्षाले रोकिएको भारत र पाकिस्तानको खेल आज निरन्तर 

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २५ सोमबार
rain-colombo-cricket-2023-09-10.jpg

काठमाडौँ । एसिया कप क्रिकेट अन्तर्गत भारत र पाकिस्तानबीचको सुपर फोरको वर्षाले अवरुद्ध खेल आज हिजोकै अवस्थाबाट अगाडि बढ्दैछ ।  

श्रीलंकाको कोलम्बोमा हिजो भएको खेलमा वर्षाले खेल पूरा हुन नसकेपछि आज रिजर्भ डे मा पूरा गर्न लागिएको हो । हिजो खेल रोकिनुपूर्व भारतले पहिले ब्याटिङ गर्दै २४.१ ओभर खेल्दै २ विकेटको क्षतिमा १४७ रन बनाएको थियो । 

पहिलो विकेटका लागि १२१ रनको साझेदारी गर्ने क्रममा शुबमन गिलले ५८ तथा कप्तान रोहित शर्माले ५६ रन बनाए । आज केएल राहुल १७ तथा विराट कोहली ८ रनबाट अगाडि खेल्नेछन् । 

पाँच घण्टासम्म खेल्ने प्रयास गर्दा सम्भव नभएपछि आज रिजर्भ डे मा बाँकी खेल खेल्न लागिएको हो । आज पनि खेल पूरा हुन सम्भव नभए दुवै टिमले १–१ अंक बाँड्ने छन् । 

किनकि भोलि भारत र श्रीलंकाबीचको खेल हुँदैछ । 

भारत र पाकिस्तानबीचको क्रिकेट खास हुने गर्छ । तर एउटै समूह चरणमा रहेका यी दुई टोलीको समूह चरणको खेल पनि वर्षाले पूरा हुन पाएको थिएन । 

यता, सुपर फोरमा लगातार दुई खेल हारेसँगै बंगलादेश एसिया कप क्रिकेटबाट एक खेलअघि नै बाहिरिएको छ । 

सुपर फोरको पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको बंगलादेश दोस्रो खेलमा शनिबार राति श्रीलंकासँग २१ रनले हारेको हो । 

सुपर फोरमा खेलेका १–१ खेलमा जित हासिल गर्दै पाकिस्तान र श्रीलंकाले २–२ अंक बटुलेका छन् । शीर्ष दुई टिमले उपाधिका लागि फाइनल खेल्नेछन् । 

पहिलो पटक एसिया कप खेलेको नेपाल र अफगानिस्तान भने समूह चरणबाटै बाहिरिएका थिए । 

नेपाल भारतसँग १० विकेटले र पाकिस्तानसँग २३८ रनले पराजित भएको हो । नेपाली टिमको निकै नै प्रशंसा भएको थियो । 

भारतविरुद्ध नेपालले २३० रन बनाएको थियो । पाकिस्तानले नेपाली बलर सामु ब्याटिङ गर्न निकै संघर्ष गर्नुपरेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ