arrow

एसिया कपः भारत र पाकिस्तान भिड्दै, दुई हारसँगै बंगलादेश बाहिरियो

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २४ आइतबार
cricket-india-pakistan-2023-09-10a.jpg

काठमाडौँ । एसिया कप क्रिकेट अन्तर्गत आज भारत र पाकिस्तान भिड्दै छन् । खेल श्रीलंकाको कोलम्बोमा दिउँसो ३ः१५ बजे शुरु हुनेछ । 

समूह चरणमा पनि यी दुवै टिम एउटै समूहमा रहेका थिए । तर वर्षाले गर्दा पूरा हुन सकेको थिएन । 

यो खेलमा पनि वर्षा हुन सक्ने आँकलन भइरहेको छ । 

सुपर फोरमा भारतले पहिलो खेल खेल्दै गरेको हो । पाकिस्तानले भने पहिलो खेलमा बंगलादेशलाई हराएको थियो ।
    
यता, सुपर फोरमा लगातार दुई खेल हारेसँगै बंगलादेश एसिया कप क्रिकेटबाट एक खेलअघि नै बाहिरिएको छ । 

सुपर फोरको पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको बंगलादेश दोस्रो खेलमा शनिबार राति श्रीलंकासँग हारेको हो । 

कोलम्बोमा भएको खेलमा बंगलादेश २१ रनले पराजित भयो । श्रीलंकाले पहिले ब्याटिङ गर्दै प्लेयर अफ द म्याच सदीरा समराविक्रामाको ९३ रनको मद्धतले ९ विकेटको क्षतिमा २५७ रन बनायो । 

जवाफमा बंगलादेशले ४८.१ ओभरमा अलआउट हुँदै २३६ रनमात्र बनाउन सक्यो । टहिड हृडोएले ८२ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । 

यो हारले बंगलादेश भारतसँग खेल्नुअघि नै सुपर फोरबाट बाहिरिएको छ । 

सुपर फोरमा खेलेका १–१ खेलमा जित हासिल गर्दै पाकिस्तान र श्रीलंकाले २–२ अंक बटुलेका छन् । शीर्ष दुई टिमले उपाधिका लागि फाइनल खेल्नेछन् । 

पहिलो पटक एसिया कप खेलेको नेपाल र अफगानिस्तान भने समूह चरणबाटै बाहिरिएका थिए । 

नेपाल भारतसँग १० विकेटले र पाकिस्तानसँग २३८ रनले पराजित भएको हो । नेपाली टिमको निकै नै प्रशंसा भएको थियो । भारतविरुद्ध नेपालले २३० रन बनाएको थियो । पाकिस्तानले नेपाली बलर सामु ब्याटिङ गर्न निकै संघर्ष गर्नुपरेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ