arrow

रिजालको निधनमा काठमाडौँमा आज शोक बिदा, शिक्षण संस्था खुलै 

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २२ शुक्रबार
mukunda-rijal-congress.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आज महानगरपालिका र अन्तर्गतका कार्यालयहरूमा शोक बिदा दिएको छ । 

काठमाडौं–१६ का वडाध्यक्ष मुकुद रिजालको बिहीबार भएको निधनमा महानगरले शुक्रबार बिदा दिने निर्णय गरेको हो । उनको उपचारको क्रममा बिहीबार बिहान डेंगी संक्रमणबाट निधन भएको थियो ।

तर यसरी दिइएको शोक बिदामा शिक्षण संस्थाहरू भने बन्द नहुने शिक्षा अधिकारी सीताराम कोइरालाले जानकारी दिएका छन् ।

उच्च ज्वरो र निमोनियाँ देखिए पछि रिजाललाई अस्पताल लगिएको थियो । ५ दिनको उपचार अवधिमध्ये २ दिन आइसियु र २ दिन भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । तर हिजो बिहान उनको निधन भएको हो । 

नेपाली कांग्रेसको काठमाडौं–७ का क्षेत्रीय सभापतिसमेत रहेका रिजालको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिनका लागि हिजो राष्ट्रिय सभा गृहमा राखिएको थियो भने त्यसपछि अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिएको थियो । 

उनी राजनीतिसहित सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय हुने गर्दथे । निडर स्वभावका रिजालले आफ्नो एजेन्डा महानगरको बैठकमा पनि स्पष्टसाथ राख्ने गर्दथे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ