arrow

एमाले नेता रानाविरूद्ध करणीको मुद्दा, पीडित युवती गर्भवती

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १९ मंगलबार
CPN-UML-Flag.jpeg

कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिकाका एमाले नेता अम्मर सिंह रानामाथि जबर्जस्ती करणी गरेको आरोपमा मुद्दा दर्ता गरिएको छ।

नेकपा एमाले  लालझाडी गाउँपालिका का नेता अम्मर सिंह रानाविरूद्ध लालझाडी गाउँपालिका वडा नं ३ की २२ वर्षीया युवतीले आफूमाथि डर, धाक, धम्की दिइ पटक पटक जबर्जस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा मुद्दा दर्ता गरिएको हो ।

पीडितले आफूलाई डर धम्की दिइ पटक पटक यौन दुर्व्यवहार गरेको बताइन् । पटक पटकको जबर्जस्ती करणी पश्चात गर्भ बस्न पुगेपछि रानाले प्रत्यक्ष भेटेर तथा फोन गरेर आर्थिक प्रलोभन देखाउँदै गर्भपतन गर्नु,जबर्जस्ती गरेको कुरा बाहिर नलान दबाब दिएको बताउँदै उक्त कुरा बाहिर लगे आफूलाई मार्ने धम्की दिएको पिडित किशोरीले बताएकी छिन् ।

पीडित किशोरीका बुबा भन्छन्, ‘गाउँको विवाद गाउँमै समाधान गर्नुपर्छ, बाहिर लैजानु हुन्न भन्दै रानाले निकै दबाब दिएको थियो । तर आफ्नो छोरीमाथि भएको जबर्जस्ती करणी जस्तो जघन्य अपराध गाउँमै मिलाउन हुन्न, गाउँमै दबाएर राख्न खोजियो भने कालान्तरमा यसले नराम्रो असर पार्छ ।’ 

उनले आज मेरो घरमा घटेको छ, भोलि कोही अर्को गाउँलेको घरमा घटना दोहोरिन सक्छ भन्दै घटना बारे प्रहरीसम्म जानकारी दिइ मुद्दा दायर गरेको बताए । 

उनले जबरजस्ती करणीबाट आफ्नो छोरीको मानवीय, मनोवैज्ञानिक, शारीरिक, पेशागत, चारित्रिक, बौद्धिक, सामाजिक, आर्थिक लगायत जीवनको विभिन्न पक्षमा परेका दुरगामी असरलाई ध्यानमा राखी निजलाई कडा भन्दा कडा कारबाहीको माग गरेका छन् ।

जिल्ला प्रहरी कार्यालयका तर्फबाट दर्ता गरिएको उक्त मुद्दामा मुलुकी अपराध संहितामा जबरजस्ती करणी गरेमा हुने सजायका अतिरिक्त सार्वजनिक पद धारण गरी कसुर गरेको भन्दै थप सजाय हुन सक्ने बताउँदै घटनामा संलग्न आरोपीलाई कानून बमोजिम कारबाही हुने भन्दै दर्ता भएको निवेदनलाई कारबाहीको लागि अगाडि बढाउन लागेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए ।

पीडक अमरसिंह राना २०७४ सालको स्थानीय निर्वाचनमा लालझाडी गाउँपालिकामा वडा नं ३ का नेकपा एमालेको तर्फबाट वडाध्यक्ष पदका प्रत्यासी उम्मेदवार हुन् भने हाल उनी नेकपा एमाले प्रदेश कमिटी सदस्य हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ