arrow

नौसेनाको हेलिकप्टर दुर्घटना

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १९ मंगलबार
pakistan-navy-helicopter.jpg

काठमाडौं । पाकिस्तानी नौसेनाको हेलिकप्टर दुर्घटना हुँदा चालक दलका तीन सदस्यको मृत्यु भएको छ । 

बलुचिस्तान प्रान्तको बन्दरगाह सहर ग्वादरमा प्रशिक्षण उडानमा  रहेको नौसेनाको हेलिकप्टर यान्त्रिक गडबडीका कारण दुर्घटना हुँदा चालक दलका तीन सदस्यको मृत्यु भएको सेनाले जनाएको छ । सी किङ विमान उड्ने क्रममा दुर्घटनाग्रस्त भएको थियो ।  इन्जिनमा आगो लागेर पुच्छर खसेको थियो । 

 देशको सबैभन्दा ठूलो उक्त प्रान्तमा पाकिस्तानी सुरक्षाफौज दशकौंदेखि पृथकतावादी विद्रोहसँग लडिरहेको छ । बलुचिस्तानमा ठूलो मात्रामा चिनियाँ लगानी आयोजना सञ्चालित छन् । ती आयोजनालाई  पृथकतावादी लडाकुहरूले नियमित रूपमा आक्रमण गर्न थालेपछि सुरक्षार्थ सरकारी सेना परिचालन भएका छन् । 

गत वर्ष सेप्टेम्बरमा खोस्टमा हेलिकप्टर दुर्घटना हुँदा छ जना सैनिकको मृत्यु भएको थियो भने एक महिना अघि पनि  बलुचिस्तानमा बाढीपीडितको उद्धार तथा राहतमा परिचालित सेनाको हेलिकप्टर दुर्घटना हुँदा  एक जना वरिष्ठ सैनिकका साथै अन्य छ जनाले ज्यान गुमाएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ