काठमाडौँ । एसिया कप क्रिकेट अन्तर्गत भारत विरुद्धको खेलमा आसिफ शेखले अर्धशतक बनाएका छन् । श्रीलंकाको पेल्लेकेले मैदानमा भएको खेलमा आसिफले ८८ बलमा अर्धशतक पूरा गरेका हुन् ।
आसिफले एक दिवसीयमा दशौँ अर्धशतक पूरा गरेका हुन् । उनी नेपालकै एक दिवसीयमा सर्वाधिक अर्धशतक बनाउने खेलाडी हुन् ।
आसिफ र कुशल भुर्तेलबीच पहिलो विकेटका लागि सर्वाधिक ६५ रनको साझेदारी भएको थियो । तर त्यसपछि भने लगातार विकेट ढलेको छ ।
कुशलले २५ बलमा ३८ रन बनाए । जसमा २ छक्का र ३ चौका सामेल थियो ।