arrow

पाकिस्तानमा यौन ब्यभिचारको आरोपमा ढुङ्गाले हानेर महिलाको हत्या

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १८ सोमबार
pakistan-map-geo.jpg
तस्बिर – फाइल ।

इस्लामबाद । पाकिस्तानको पञ्जाब प्रान्तमा यौन ब्यभिचार गरेको आरोपमा एक महिलालाई ढुङ्गाले किचेर हत्या गरिएको छ । 

यो घटना लाहोरबाट करिब ५०० किलोमिटर टाढा रहेको पञ्जाबको राजनपुर जिल्लामा घटेको प्रहरीले जनाएको छ ।

पाकिस्तानी प्रहरीका अनुसार महिलाका श्रीमानले उनीमाथि अन्य पुरुषसँग यौन सम्बन्ध राखेको आरोप लगाएका थिए । शुक्रबार ती व्यक्तिले आफ्ना दुई दाजुभाइसँग मिलेर महिलालाई शुरुमा रुखमा बाँधे अनि ढुङ्गाले हानीहानी हत्या गरे । 

ढुङ्गाले हिर्काउनुअघि उनीहरुले ती महिला निर्मम यातनासमेत दिएका थिए । अपराध गरेपछि दुवै दाजुभाइ फरार छन् । उनीहरु पञ्जाब र बलुचिस्तानको सीमा क्षेत्रमा लुकेर बसेको बताइएको छ ।

महिला राजनपुरको अल्कानी जनजातिकी हुन् । पाकिस्तानमा हरेक वर्ष इज्जतको नाममा धेरै महिलाको हत्या हुने गरेको छ । 

मानव अधिकारकर्मीका अनुसार पाकिस्तानमा हरेक वर्ष करिब एक हजार महिलाको ‘अनर किलिंग’ को नाममा हत्या हुने गरेको छ । पीडितहरूले आफ्नो इच्छा विपरीत विवाह वा यौन सम्बन्ध राखेर परिवारलाई अपमानित तुल्याएको विश्वास गरिन्छ । 

यस्ता हत्यामा प्रायः परिवारका सदस्यको हात रहेको हुन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ