arrow

महिलाले गरिन् मट्टितेल छर्केर आत्मदाहको प्रयास, अवस्था गम्भीर 

logo
प्रकाशचन्द्र भट्ट, 
प्रकाशित २०८० भदौ १० आइतबार
fire-final_1618024271.jpeg
तस्बिर – फाइल ।

दार्चुला । दार्चुलामा एक महिलाले आत्मदाहको प्रयास गरेकी छन् । शैल्यशिखर नगरपालिका(५ सेतकला बस्ने अन्दाजी ४५ वर्षीया सुना साउँदले मट्टितेल छर्केर आत्मदाहको प्रयास गरेकी हुन् । 

साउँदले आज बिहान ११ बजेतिर घरमा कोही नभएको बेला शरीरमा मट्टीतेल छर्केर आगो लगाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक तर्कराज पाण्डेयले बताए । 

साउँदको शरीरमा आगो लाग्दा घुडाभन्दा माथिल्लो भाग जलेको बताइएको छ । आगो लागेको स्थानीयहरुले देखेपछि साउँदलाई उद्वार गरेर गोकुलेश्वर अस्पताल लगिएको थियो । 

उनको अहिले गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको तथा अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ