arrow

ललिता निवास जग्गा प्रकरण

माधव र बाबुराम साक्षीमात्र भएको प्रकरणका यी हुन् दुई सय ८६ प्रतिवादीहरु [पूर्णपाठ]

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ७ बिहिबार
lalita-niwash-balwatar-land-case-11.jpg

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा दुई सय ८६ जनालाई प्रतिवादी बनाएको छ ।  पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई साक्षीमात्र बनाए पनि दुई सय ८६ जनालाई भने सीआईबीले प्रतिवादी बनाएको हो । 

सर्वोच्च अदालतले नियन्त्रणमा लिएर बयान लिन सक्ने आदेश गरेको भए पनि सीआईबीले भने पूर्वप्रधानमन्त्रीद्धयलाई उनीहरुकै घरमा पुगेर औपचारिकताका लागि बयानमात्र लिएर छाडेको हो । 

यसले उनीहरु यति ठूलो मुद्दाका साक्षीमात्र भएका छन् । सीआईबीले ५७ दिन लगाएर तयार पारेको प्रतिवेदन सरकारी वकिल कार्यालयलाई मंगलबार बुझाएको थियो । 

२०४९ सालदेखि २० वर्षको अवधिमा मालपोतदेखि मन्त्रिपरिषद्सम्मका निर्णयबाट ललिता निवासको १४३ रोपनीभन्दा बढी सरकारी जग्गा तत्कालीन भोगाधिकारी सुवर्णशमशेर राणाका परिवार र भूमाफियाले हडपेका थिए ।

प्रहरीको रायसहितको प्रतिवेदनलाई अन्तिम रूप दिएर अभियोजन गर्ने अधिकार सरकारी वकिल कार्यालयलाई हुन्छ । शुक्रबारसम्ममा प्रतिवदेन अध्ययन गरी मुद्दा लगिने छ । ६० दिनभित्र मुद्दा चलाउनुपर्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ