मन्त्री सुदन किराँतीलाई पितृ शोक, निवास पुगेर प्रधानमन्त्रीले दिए समवेदना
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ६ बुधबार
789
Shares
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीलाई पितृ शोक परेको छ । मन्त्री किराँतीका पिता हर्कबहादुर राईको निधन आज भएको छ । मन्त्री किराँती बुवाको ७६ वर्षको उमेरमा आज बिहान उपचारका क्रममा निधन भएको हो । उनी लामो समयदेखि अस्वस्थ थिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले किराँती पिता राईप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । पुलचोकस्थित मन्त्री निवास पुगेर उनले दिवङ्गत राईप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् । प्रधानमन्त्री दाहालले शोक सन्तप्त परिवारजन, आफन्त र शुभेच्छुकमा समवेदनासमेत प्रकट गरेका छन् ।
यस्तै उपप्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का, सहरी विकास मन्त्री सीता गुरुङ, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रन्जिता श्रेष्ठ चौधरीलगायत मन्त्रीले दिवङ्गत राईप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।