arrow

चन्द्रपुरमा गाईजात्रा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ५ मंगलबार
gaijatra-2080a.jpg

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकामा गाईजात्रा कार्यक्रम हुने भएको छ । चन्द्रपुर नगर उद्योग वाणिज्य संघको आयोजनामा गाईजात्रा प्रहसन कार्यक्रम सञ्चालन हुने भएको हो ।  

चन्द्रपुर ४ स्थित होटल अशोकामा ८० सालको गाईजात्रा नामक प्रहसन कार्यक्रम सञ्चालनको तयारी गरिएको नगर उद्योग वाणिज्य संघका अध्यक्ष उदय नारायण सापकोटाले बताए । 

हास्य व्यंग्य, प्रहसन लगायतका मनोरन्जनात्मक कार्यक्रमको स्वाद लिन नपाएको लामो समय गुजारेका यस क्षेत्रका स्थानीयलाई भरपूर मनोरञ्जन गराउन नगर उद्योग वाणिज्य संघले कार्यक्रम गर्न लागेको अध्यक्ष सापकोटाले बताए ।  

संघको आयोजनामा हुन लागेको गाईजात्रा विशेष कार्यक्रममा दर्शकहरुलाई समसामयिक विषयमा हुने प्रहसन गाईजात्रा विशेष कार्यक्रममार्फत काउकुती लगाउन आगामी भदौ ११ गरेको दिन गाईजात्रा विशेष कार्यक्रमको मिति तय गरिएको उनले बताए । 

कार्यक्रममा हास्य व्यंग्यकारको रूपमा ख्याति कमाएका राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति रहने बताइएको छ । 

उक्त कार्यक्रममा मनोज गजुरेल, शैलेन्द्र सिम्खडा, टीका भण्डारी, सुवोध गौतम, रुबिना अधिकारी, मेकसम गोडैल, सुन्दर खनाल, प्रभात लामा, सीता न्यौपाने लगायतका कलाकारहरुको बेजोड अभिनय रहने आयोजक संस्थाले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ