arrow

स्कुले विद्यार्थीलाई शेयर बजार प्रशिक्षण

logo
सरोजश्री अधिकारी, 
प्रकाशित २०८० भदौ ३ आइतबार
share-student.jpg

साँगा । नेपाल प्रहरी स्कुल, साँगामा शेयर मार्केट सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । इन्टर्याक्ट क्लब अफ भक्तपुर एण्ड काभ्रे भ्याली र इन्टर्याक्ट क्लब अफ नेपाल पुलिस स्कुल साँगाको संयुक्त आयोजनामा भएको तालिम कार्यक्रममा २ सय ८० जनाको सहभागीता रहेको इन्टर्याक्ट डिष्ट्रिक्ट ३२९२ का जोनल इन्टर्याक्ट रिप्रिजेन्टेटिभ अनमोल सिलवालले जानकारी दिए ।

सिलवालका अनुसार कार्यक्रमले शेयर बजार सम्बन्धी जानकारी दिइनुका साथै कार्यक्रमस्थलमै सहभागीहरुको डिम्याट खातासमेत खोलिएको थियो । कार्यक्रमले वित्तीय साक्षरता र जागरूकताको प्रसारमा महत्वपूर्ण जानकारी दिएको उनको भनाइ छ ।

तालिमका सहभागीहरुलाई सचिन सिलवाल, शिव चन्द र श्रीहरि कार्कीले शेयर बजारको परिप्रेक्ष्य, निवेश रणनीतिहरू र सुस्त वित्तीय निर्णयहरूबारे प्रशिक्षण प्रदान गरेका थिए । 

कार्यक्रममा रोटेरी क्लब मध्यपुरकी नोमिनी प्रेसिडेण्ट शकिला पाठक, राजराम सुवाल र विक्रम कर्माचार्य लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा इन्टर्याक्ट क्लब अफ नेपाल पुलिस स्कुल साँगाकी अध्यक्ष रनिसा तामाङले कर्यक्रम सपलतापूर्वक सम्पन्न गर्न सहयोय गर्ने सबैमा आभार व्यक्त गरे । 

कार्यक्रमको संयोजन जोन सेभेनका जोनल एडभाइजर रोज कर्माचार्यले गरेका थिए । कार्यक्रमबारे जानकारी दिँदै उनले युवाहरुमा शेयर बजारबारे जानकारी दिन, बजारको अवस्थाबारे जानकार रहन मद्दत मिल्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ