arrow

फेरि बढ्दै कोरोना संक्रमित

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ३२ बिहिबार
corona-omicron-nepal.jpg

काठमाडौँ । पछिल्लो समय कोरोना भाइरसका संक्रमित बढ्दै गएका छन् । दैनिक दुई तीनको संख्यामा बढ्दै गएका संक्रमित बिहीबार भने पाँच जनामा देखिएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार १५० जनाको पीसीआर परीक्षण गरिएकामा ५ जनामा संक्रमण पाइएको हो । 

कोरोना संक्रमित बढेसँगै खोप लगाउनेको संख्या पनि बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा ९ हजार ४८६ जनाले खोप लगाएका छन् । 

देशमा आँखा पाक्ने रोग र डेंगी तीव्र रुपले फैलिइरहँदा कोराना संक्रमण पनि सँगसँगै बढ्दै गएको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ