arrow

बलात्कार आरोपको सन्दीप विरुद्धको मुद्दामा भएन बहस 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ३२ बिहिबार
sandeep-lamichhane-2080.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि बहस भएन । नाबालिग बलात्कार आरोपमा सन्दीपविरुद्ध परेको रिटको सुनुवाइ बिहीबारकाठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलासमा परेको थियो । 

उक्त इजलासले गौशाला २६ की आमाको जन्ममिति प्रमाणीकरण गर्न भने आदेश दिएको छ । आमाको जन्ममिति दुईवटा आएर विवाद देखिएको भन्दै न्यायाधीश खतिवडाको इजलासले जन्ममिति प्रमाणीकरणपछि मात्र फैसला बहस हुने आदेश सुनाएको छ ।

सन्दीप पक्षले ‘गौशाला २६’ को जन्ममिति गलत भएको र उनी नाबालिग नभएको जिकिर गर्दै प्रमाण पेस गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ