arrow

मोटरसाइकल ट्रक मुनि छिर्दा २१ वर्षे चालकको मृत्यु

logo
सरोजश्री अधिकारी,
प्रकाशित २०८० साउन ३० मंगलबार
accident-final-1618290232.jpg
तस्बिर – फाइल ।

काभ्रे । काभ्रेको बनेपा नगरपालिका १३ स्थित अरनिको राजमार्ग अन्तर्गत भैसीपाटीमा भएको सवारी दुर्घटनामा आज २१ वर्षे युवको मृत्यु भएको छ । 

बनेपाबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०३४ प ११६७ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई विपरीत दिशाबाट आउँदै गरेको बा प्र ०३–००१ ख १५८६ नम्बरको १० चक्के ट्रकको  मुनि छिर्दा धुलिखेल नगरपालिका ८ बस्ने वर्ष २१ का अभिषेक न्यौपानेको मृत्यु भएको हो । 

उनी गम्भीर घाइतृ भई उपचारको लागि धुलिखेल अस्पताल पठाइएको र उपचारका क्रममा उनको मृत्यु भएको हो । 

उक्त ट्रक र मोटरसाइकल इलाका प्रहरी कार्यालय बनेपाको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ