arrow

नवनियुक्त प्रधानमन्त्री अनवरले शपथ लिँदै 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २८ आइतबार
anbar-ul-haq.jpg

इस्लामाबाद । पाकिस्तानका कार्यवाहक प्रधानमन्त्री अनवर उल हकले आज पद तथा गोपनियताको सपथ लिँदैछन् । 

पाकिस्तानको संसद विघटन भएको दुई दिनपछि अर्थात् हिजो हकलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकिएको थियो । 

पाकिस्तानी सञ्चारमाध्यमका अनुसार राष्ट्रपति आरिफ अल्वीले उनलाई आज पद तथा गोपनियताको सपथ गराउने छन् । 

अनवर बलुचिस्तान अवामी पार्टी (बीएपी) का सिनेटर हुन्। अनवर सन् २०१८ मा स्वतन्त्र उम्मेदवारका रूपमा पहिलो पटक सिनेटरको रुपमा निर्वाचित भएका थिए ।

हिजो कार्यकारी प्रधानमन्त्रीको जिम्मेवारी पाएका अनवरको नाममा विपक्षी राजनीतिक दल र सरकारबीच सहमति भएको थियो । अब उनले पाकिस्तानको संविधानअनुसार संसद विघटन भएपछि ९० दिनसम्म सरकार चलाउने छन् ।

अब मुलुकमा निष्पक्ष निर्वाचन गराउने जिम्मेवारी पनि अनवरको हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ