arrow

अध्यात्मसँग युवा सशक्तिकरण कार्यक्रम सम्पन्न 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २८ आइतबार
youths.jpg

काठमाडौं । मानव धर्म सेवा समितिले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा अध्यात्मसँग युवा सशक्तिकरण कार्यक्रम सम्पन्न गरेको छ ।

समितिले शनिबार बिहान गौशालास्थित आश्रमको केन्द्रीय कार्यालयमा कार्यक्रम आयोजना गरेको हो । 

कार्यक्रममा सहभागी युवाहरूलाई महात्मा त्रिगुणा बाईजीले योग ध्यान सिकाएकी थिइन् । 

सन्तोष पराजुलीले स्वागत मन्तव्य राखेको कार्यक्रममा सिमरन कोइरालाले अध्यात्म अनुभव सुनाएकी थिइन् । 

कार्यक्रममा गायिका डा. त्रिशला गुरुङको गायन, अश्विन लालाहाङ राईले भजन र डा. सरिशा श्रेष्ठले प्रेरक सत्र प्रस्तुत गरेका थिए । 

कार्यक्रममा युवा वक्ता सन्तोषकुमार शाहले युवाहरूलाई प्रेरणाका साथै आफ्ना अनुभवहरू साटेका थिए । 

कार्यक्रममा बागमती प्रमुख महात्मा लता बाईजीले सत्सङ्ग विचार राखेकी थिइन् । उनले युवाहरूमा सत्सङ्ग आवश्यकता भएको उल्लेख गरेकी थिइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ