जेन-जी आन्दोलनका घाइतेका लागि मानव धर्मले गर्यो रगत संकलन
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ५ आइतबार
1.5k
Shares
काठमाडौं। नेपाल मानव धर्म सेवा समितिले जेन-जी आन्दोलनका क्रममा घाइते भएकाहरूका लागि देशका विभिन्न सात स्थानमा रक्तदान कार्यक्रम आयोजना गरी २९५ पिन्ट रगत संकलन गरेको छ। मानव धर्मका प्रणेता श्री सतपालजी महाराजको जन्मदिनको अवसर पारेर यो कार्यक्रम गरिएको हो।
समितिका केन्द्र प्रमुख महात्मा चमेली वाइजीले जेन-जी आन्दोलनमा धेरै मानिस घाइते भई रगतको चरम अभाव भएकोले सामाजिक उत्तरदायित्व पूरा गर्न रक्तदान कार्यक्रम आयोजना गरिएको बताइन्।
संकलित रगतमध्ये काठमाडौंमा ८४ पिन्ट, बुटवलमा ५८ पिन्ट, धुलाबारीमा ४१ पिन्ट, इटहरीमा ३७ पिन्ट, पोखरामा ३२ पिन्ट, नेपालगञ्जमा ३१ पिन्ट र टीकापुरमा १२ पिन्ट संकलन भएको छ।
संस्थाले सेप्टेम्बर २१ मा महाराजजीको जन्मदिनको अवसर पारेर रक्तदानका साथै देशका विभिन्न स्थानमा सरसफाइ र शैक्षिक सामग्री वितरणजस्ता सामाजिक क्रियाकलापहरू पनि गर्दै आएको छ।