सांसद शर्माको म्याद थप भएन, साधारण तारेखमै राखेर अनुसन्धान गर्न अदालतको आदेश
हाम्रा कुरा
प्रकाशित २०८० साउन २६ शुक्रबार
793
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । नेपाली कांग्रेसका सांसद सुनील शर्मालाई साधारण तारेखमै राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको दिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले हिरासतमा राख्न म्याद थपका लागि गरेको आग्रह अस्वीकार गर्दै काठमाडौँ जिल्ला अदालतले शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न भनेको हो ।
शर्मालाई सीआईबीले बिहीबार दिउँसो शर्माको निवास गोल्फुटारबाट पक्राउ गरेको थियो । शर्माकै जस्तो नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा पक्राउ परेका समान कसूरका अन्य सात जनालाई भने अदालतले थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
सांसद शर्मा प्रतिनिधि सभा सदस्यसमेत भएका कारण अनुसन्धानका लागि उनलाई थुनामा राखिराख्नुपर्ने अपरिहार्यता नदेखिएको अदालतले ठहर गरेको छ।
शुक्रबार दिउँसोसम्म सीआईबीले आठ जनालाई पक्राउ गरिसकेको छ ।
यसैबीच शर्माले आफूलाई सीआईबीले हातपात गरेकोसमेत आरोप लगाएका छन् ।
अवैध सुन प्रकरणका दोषीलाई तत्काल नियन्त्रणमा लिएर कारबाही गर्न माग गर्ने क्रममा नैतिकताका आधारमा गृह र अर्थ मन्त्रीले राजीनामा दिनुपर्ने बताएका शर्मालाई पक्राउ गरिएको भन्दै चौतर्फी विरोध भइरहेको छ ।