arrow

यी हुन् रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोषको रकम नतिर्ने ४८ इन्टरनेट कम्पनी

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २५ बिहिबार
NTA-nepal-telecommunications-authority.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले रोयल्टी रकम तथा ग्रामीण दूरसञ्चार विकास कोषको रकम नतिर्ने कम्पनीको नामावली सार्वजनिक गरेको छ । सूचना जारी गर्दै प्राधिकरणले ४८ इन्टरनेट कम्पनीको नामावली सार्वजनिक गरेको हो । 

प्राधिकरणले नियमानुसार सरकार तथा प्राधिकरणलाई बुझाउनु पर्ने बक्यौता रकम यही साउन मसान्तभित्र सेवा प्रदायकको नाम र आर्थिक वर्षसमेत स्पष्ट खुल्ने गरी तोकिएको बैङ्क खातामा थप दस्तुरसहित बुझाउन पनि भनेको छ । 

प्राधिकरणबाट अनुमतिपत्र प्राप्त सेवा प्रदायकहरूले दूरसञ्चार सेवा सञ्चालन गरेबापत दूरसञ्चार ऐन, २०५३ बमोजिम प्रत्येक आर्थिक वर्षमा कूल आम्दानीको ४ प्रतिशतले हुन आउने रोयल्टी र २ प्रतिशतले हुन आउने ग्रामीण दूरसञ्चार विकास कोष बापतको रकम पुस मसान्तभित्र कोषमा अनिवार्य जम्मा गर्नुपर्ने कानूनी व्यवस्था छ ।

यी हुन् रकम नतिर्ने ४८ इन्टरनेट कम्पनी–


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ