arrow

१३ दिनपछि गरियो पोखराको फोहर विसर्जन

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २४ बुधबार
pokhara-valley-city.jpg

कास्की ।  कास्कीको पोखरा महानगरपालिकाको फोहर १३ दिनपछि मङ्गलबार विर्सजन गरिएको छ । पोखरा–३२ लामेआहालस्थित अस्थायी ल्यान्डफिलमा फोहर पुनः विसर्जन गरिएको हो । 

स्थानीयले अवरोध गरेपछि विगत १२ दिनदेखि फोहर त्यसै थन्किएको थियो । पोखरा बजार फोहरका कारण दुर्गन्धित बन्दै गएपछि जिल्ला सुरक्षा समितिले स्थानीय अवरोध हटाउन पहल गरेको थियो । 

महानगरका प्रमुख धनराज आचार्य, उपपमुख मन्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापा, प्रवक्ता मोतीलाल तिम्सिना, फोहर व्यवस्थापन समितिका संयोजक रामचन्द्र अधिकारी, विभिन्न वडाका वडाध्यक्षलगायतको उपस्थितिमा छलफल गरिएको थियो ।

महानगर प्रमुख आचार्यले फोहरमैलाको दिगो व्यवस्थापन गर्न स्थायी प्रशोधन केन्द्र सञ्चालनका लागि जग्गा प्राप्तिको प्रक्रिया सुरु गरिएको जानकारी दिए ।

 स्थानीयले फोहर विसर्जन गर्न नदिएपछि अदालतसम्म पुगेको उक्त विषयका सम्बन्धमा उच्च अदालत पोखराले फोहोर विर्सजन गर्ने कार्यमा अवरोध सिर्जना नगर्न आदेश दिएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ