arrow

धारा १४४ लागू 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २२ सोमबार
balochistan-pakistan-army-soldiers-killed.jpg

काठमाडौं । पाकिस्तान तेहरीक-ए-इन्साफ (पीटीआई) का अध्यक्ष इमरान खानलाई पक्राउ गरेपछि पञ्जाबका विभिन्न जिल्लामा सात दिनका लागि धारा १४४ लागू गरिएको छ । प्रशासनले जारी गरेको सूचनाअनुसार कसुर, झेलम, मियांवाली, मण्डी बहाउद्दीन र रावलपिण्डी जिल्लामा धारा १४४ अनुसार विरोधका कार्यक्रम वा अन्य अनावश्यक जमघटसमेतलाई प्रतिबन्ध लगाइएको हो । 

स्थानीय अधिकारीले भनेका छन्, “धारा १४४ अन्तर्गत सात दिनका लागि सबै प्रकारका जमघट, सार्वजनिक सभा, प्रदर्शन, धर्ना र र्‍यालीमा प्रतिबन्ध लगाइएको छ ।”

आदेशमा भनिएको छ, “आदेश उल्लङ्घन गर्नेलाई कडाइका साथ कारबाही गरिनेछ । इमरान खानलाई पक्राउ गर्ने अदालतको फैसलापछि प्रदर्शन हुन सक्ने आशङ्काका बीच प्रहरीले शनिबार इस्लामाबाद र रावलपिण्डीमा उच्च सुरक्षा सावधानी अपनाएको एआरवाई न्यूजले जनाएको छ । 

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई तोशाखाना प्रकरणमा ‘भ्रष्ट आचरण’ का लागि दोषी ठहर गर्दै तीन वर्षको जेल सजाय सुनाएलगत्तै उनलाई जमान पार्कस्थित निवासबाट पक्राउ गरिएको छ । प्रहरी प्रवक्ताका अनुसार सङ्घीय प्रहरीले इस्लामाबादमा उच्च सतर्कता अपनाएको घोषणा गरेको छ । प्रहरीले एक विज्ञप्ति जारी गरी भनेको छ, “सबै अधिकारीलाई आ-आफ्नो क्षेत्रमा बस्न र सङ्घीय राजधानीका सबै क्षेत्रमा चेकजाँच बढाउन निर्देशन दिइएको छ ।” 

रावलपिण्डीका प्रहरी अधिकारीहरूलाई पनि पीटीआई समर्थकहरूको सम्भावित विरोध प्रदर्शनलाई नियन्त्रण गर्न विशेष निर्देशनसहित उच्च सतर्कतामा राखिएको छ । एआरवाई न्यूजका अनुसार प्रहरी अधिकारीहरूले मातहतका अधिकारीहरूलाई स्थितिमाथि निगरानी राख्न भनेका छन् । 

खानलाई दोषी ठहर गरी पक्राउ गरेलगत्तै शनिबार पीटीआईले पाकिस्तानमा कानुन र संविधानको परिधिभित्र रहेर शान्तिपूर्ण विरोध प्रदर्शन गर्न आह्वान गरेको थियो । सर्वोच्च अदालतले तोशाखाना प्रकरणको विचारणीयताविरुद्ध दायर गरेको पुनरावलोकन याचिकाको सुनुवाइ गर्न पनि अनुरोध गरेको छ ।

पाकिस्तानको एक जिल्ला तथा फौजदारी अदालतले इमरान खानलाई तोशाखाना मुद्दामा तीन वर्षको जेल सजाय सुनाएको छ र उनलाई पाँच वर्षका लागि राजनीतिबाट अयोग्य घोषित गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । पीटीआईले आफ्नो सङ्गठन र राजनीतिक कार्ययोजनाका लागि इमरान खानको निर्देशनअनुसार कारबाही सुरु गरेको र फौजदारी अदालतको फैसलालाई सिङ्गो राष्ट्रले अस्वीकार गरेको जनाएको छ । 

इमरान खानको लाहोर जमान पार्कस्थित निवासबाहिर वकिलसहित पीटीआईका समर्थकले उनको गिरफ्तारीको विरोध गरेका छन् । खैबर पख्तुनख्वाको बन्नूमा पनि पीटीआई समर्थकहरूले खानको पक्षमा प्रदर्शन गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ