न्यायालयको समस्या सुनाए प्रधानन्यायाधीशले (भिडियो)
राजनैतिक नेतृत्व जिम्मेवार नबन्दा न्यायालयहरू न्यायाधीश विहीन
हाम्रा कुरा
प्रकाशित २०८० साउन २१ आइतबार
853
Shares
काठमाडौं । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले राजनैतिक नेतृत्व जिम्मेवार नबन्दा न्यायालयहरू न्यायाधीश बिनाको हुन पुग्ने अवस्था आएको बताएका छन् । प्रधानन्यायाधीश कार्कीले समयमा न्यायाधीश नियुक्ति नहुँदा अदालतहरू रित्तिँदै गएको बताएका हुन् ।
उनले भने, ‘अहिले हामी न्यायाधीश बिनाको अदालतबाट चलाउनुपर्ने हो की भन्ने अवस्थासम्म पुगिसकेका छौँ । कतिपय ठाउँमा हामी क्राइसिस म्यानेजमेन्टबाट चलाइरहेका छौँ ।'
प्रधानन्यायाधीश कार्की साउन २० गतेबाट उमेर हदका कारण अनिवार्य अवकाशमा जाँदै छन् । लामो समय कायममुकायम प्रधानन्यायाधीश भएर काम गरिसकेपछि कार्की गत असार १ गते प्रधानन्यायाधीश बनेका थिए ।