arrow

प्रधानमन्त्रीद्धय प्रचण्ड र मोदीबीच कुराकानी

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २० शनिबार
prachanda-modi-laugh-2080-02-18.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन कुराकानी भएको छ। 

भारतीय प्रधानमन्त्री मोदीले टेलिफोन गरेपछि दुई नेताबीच द्विपक्षीय हितका विभिन्न विषयमा कुराकानी भएको भारतको प्रधानमन्त्री कार्यालयले एक सूचनामार्फत जनाएको छ।

टेलिफोन कुराकानीमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा भएका द्वीपक्षीय समझदारीको विभिन्न पक्षका बीचमा कुराकानी हुनुका साथै दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ बलियो बनाउने विषयमा छलफल भएको थियो।

टेलिफोन कुराकानीले दुई देशबीच रहेको उच्च राजनीतिक तहको समझदारीलाई निरन्तरता दिएको भारतीय प्रधानमन्त्री कार्यालयले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ